GRID VIEW LIST VIEW

aru fuleko sanjh

आरु फुलेको साँझ – अनिल श्रेष्ठ

यस कविता सङ्ग्रहको दोस्रो संस्करणको तयारी गर्दासम्म मैले पूनः एकपटक यस सङ्ग्रहका केही कविताहरुमाथि पुनर्लेखनको कार्य गरेको छु । मेरो यस कार्यले अघिल्लो पटक कविता पढिसकेका पाठकका आँखाहरुलाई केही असहज जस्तो लाग्न पनि सक्छ । तर कवितामा मैले दिन खोजेको नौल्याइँपनले पक्कै कविताको झण्झट बोध भने गर्नुहुने छैन भन्ने लाग्छ । यस सङ्ग्रहमा अघिल्ला केही कविताका शीर्षकहरु फेरिएका छन् । कतै अनावश्यक जस्ता लाग्ने र कमजोर शब्द र हरफहरुलाई हटाएर कवितालाई अझ कसिलो पार्ने प्रयत्नहरु पनि गरेको छु । पहिलो संस्करणमा रहेका केही कमजोर कवितालाई यहाँ हटाइएका छन् र सङ्ग्रहलाई प्रतिनिधिमूलक बनाउन मेरो अघिल्लो सङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’ का केही कवितालाई यहाँ थप पनि गरेको छु । – अनिल श्रेष्ठ

china harayako manchhe

चिना हराएको मान्छे

चर्चित अभिनेता एवं हास्यव्यंग्यकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ अब संसारभरका नेपालीहरूले पढ्न पाउने भएका छन् । यो किताब विश्वको सबैभन्दा ठूलो अनलाइन किताब पसल अमेजनमार्फत बिक्री बितरण गर्न शुरु गरिएको हो । इबुक भण्डारका पाठकहरुको सुविधाकोलागि “चिना हराएको मान्छे” पनि अमेजन बाट । यो किताब अमेजनमा किन्न पाइने नेपाली भाषाको पहिलो कृति हो…

peeda avatar_cover_500

पीडाअवतार – गोवर्धन पूजा

युवाकवि गोवर्द्धन पूजाका नारायणी वाङ्मय पुरस्कारसहित करिव एक दर्जन पुरस्कारहरूद्वारा पुरस्कृत चोटिला कविताहरूको संगालो “पीडा अवतार” तपाइँले पढ्न छुटाउनु भयो कि? अब चिन्ता नलिनुहोस/ पाठकहरूको सुविधाका लागि अब इबुकको रुपमा एपलको ibookstore मा मात्र ९९ सेन्टमा उपलव्ध छ/ एपलको डिभाइस प्रयोग नगर्ने पाठकहरूका लागि छिट्टै गूगलको बुक स्टोरमा पनि आउँदै छ/

yugin kavita

युगिन कविता

“युगिन कविता” ले खास गरी ५० को दशकपछि लेखिएका कविताहरु समेटेको छ । यसर्थले कालक्रमकै विषय र भावलाई मुखरित गर्नु स्वभाविक हो, भन्ने पाठकबृन्दले सम्झनु होला भन्ने ठानेको छु । प्रेरणाको कुरा गर्दा म मेरा स्कुले जीवनका नेपाली विषयका गुरु मुकुन्द प्रसाद शास्त्रीलाई सम्झन्छु । उहाँ हामीलाई पुस्तकले समेटेका भन्दा बाहिरका धेरै कथा, नाटक, कविता,…

nirmochan_cover.600x600-75

निर्मोचन (उपन्यास)

यो कृति यस्तो सुन्दर र प्रभावकारी भएर आउँदा म भूमिराजलाई मात्र बधाई दिन्न म पोखरालाई नै धन्य ठान्दछु, नेपाली आख्यानको समकालीन धारको एउटा सशक्त चेतना भएको, शिल्प र क्षमता भएको लेखक जन्मेकामा मेरो खुसी थामिनसक्नु छ । यसमा आवश्यक पर्ने परिवर्तन परिमार्जनको विषयमा लेखकले एक वर्ष काम गरेका छन्, उनको क्षमताका उच्च विन्दु सम्म पुगेका छन् । सिर्जना आफ्नै क्षमता र अन्तर्दृष्टिले बल्ने बत्ती हो । त्यो यहाँ बलेको छ, तर भूमिराजबाट अर्को उच्चत्तर उपन्यास नआएसम्म मेरो मन सधैँ अशान्त रहने छ । यो बत्ती सल्काइरहन अरू कृति यसरी आइरहनु पर्दछ । यस बत्तीको प्रकाश अझ चहकिलो पार्न अध्ययन, अनुभूति र परिष्कारलाई अझ गहि-याउनु र साधनाले खार्नुपर्छ । त्यो कुरा भूमिराजलाई थाहा छ । म अर्थोक नबोली यी इसारा गरेर यहीँ रोकिन्छु । -प्रा.डा. गोविन्दराज भट्टराई

shekhar dhungel

क्षितिजपारिका सपनाहरू

शेखर ढुङ्गेलको “क्षितिजपारिका सपनाहरू” – कथा संग्रह

image001

आज एक्लै

यस गजल संग्रहमा धेरै गजलहरु मेरो जीवनसंग जोडिएका छन् ! मैले मेरा अतीतलाई र समाजको यथार्थलाई गजलको शेरमा उन्ने कोशिष गरेको मात्र छु । कुवैत जस्तो देशमा निम्न स्तरको कम्पनीमा रहेर र लामो समय डियुटी भएपनि मैले जबजब समय मिल्छ भावना कोर्नतिर लाग्थें— कहिले गजल बन्थ्यो कहिले बन्थेन अनि एक्लै विरलिन्थें । कुवैत लगाएत नेपालका धेरै साहित्यिक पत्र पत्रिकाले पनि मलाई लेख्न प्रोत्साहन गरेका हुन् । – मनोज काफ्ले मनसुन

book cover -pagal basti

पागल-बस्ती

One of the most popular literately name in Nepal, Sarubhakta, started writing a novel named ‘Pagal Basti’ in 2039 BS. It took him 6 years to finish the book and the first edition of the book was published in 2048 BS. Book cover