GRID VIEW LIST VIEW

aru fuleko sanjh

आरु फुलेको साँझ – अनिल श्रेष्ठ

यस कविता सङ्ग्रहको दोस्रो संस्करणको तयारी गर्दासम्म मैले पूनः एकपटक यस सङ्ग्रहका केही कविताहरुमाथि पुनर्लेखनको कार्य गरेको छु । मेरो यस कार्यले अघिल्लो पटक कविता पढिसकेका पाठकका आँखाहरुलाई केही असहज जस्तो लाग्न पनि सक्छ । तर कवितामा मैले दिन खोजेको नौल्याइँपनले पक्कै कविताको झण्झट बोध भने गर्नुहुने छैन भन्ने लाग्छ । यस सङ्ग्रहमा अघिल्ला केही कविताका शीर्षकहरु फेरिएका छन् । कतै अनावश्यक जस्ता लाग्ने र कमजोर शब्द र हरफहरुलाई हटाएर कवितालाई अझ कसिलो पार्ने प्रयत्नहरु पनि गरेको छु । पहिलो संस्करणमा रहेका केही कमजोर कवितालाई यहाँ हटाइएका छन् र सङ्ग्रहलाई प्रतिनिधिमूलक बनाउन मेरो अघिल्लो सङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’ का केही कवितालाई यहाँ थप पनि गरेको छु । – अनिल श्रेष्ठ

peeda avatar_cover_500

पीडाअवतार – गोवर्धन पूजा

युवाकवि गोवर्द्धन पूजाका नारायणी वाङ्मय पुरस्कारसहित करिव एक दर्जन पुरस्कारहरूद्वारा पुरस्कृत चोटिला कविताहरूको संगालो “पीडा अवतार” तपाइँले पढ्न छुटाउनु भयो कि? अब चिन्ता नलिनुहोस/ पाठकहरूको सुविधाका लागि अब इबुकको रुपमा एपलको ibookstore मा मात्र ९९ सेन्टमा उपलव्ध छ/ एपलको डिभाइस प्रयोग नगर्ने पाठकहरूका लागि छिट्टै गूगलको बुक स्टोरमा पनि आउँदै छ/

yugin kavita

युगिन कविता

“युगिन कविता” ले खास गरी ५० को दशकपछि लेखिएका कविताहरु समेटेको छ । यसर्थले कालक्रमकै विषय र भावलाई मुखरित गर्नु स्वभाविक हो, भन्ने पाठकबृन्दले सम्झनु होला भन्ने ठानेको छु । प्रेरणाको कुरा गर्दा म मेरा स्कुले जीवनका नेपाली विषयका गुरु मुकुन्द प्रसाद शास्त्रीलाई सम्झन्छु । उहाँ हामीलाई पुस्तकले समेटेका भन्दा बाहिरका धेरै कथा, नाटक, कविता,…