yugin kavita
View Gallery

युगिन कविता

Available in

Apple iBookStore

$2.99

Description

“युगिन कविता” ले खास गरी ५० को दशकपछि लेखिएका कविताहरु समेटेको छ । यसर्थले कालक्रमकै विषय र भावलाई मुखरित गर्नु स्वभाविक हो, भन्ने पाठकबृन्दले सम्झनु होला भन्ने ठानेको छु । प्रेरणाको कुरा गर्दा म मेरा स्कुले जीवनका नेपाली विषयका गुरु मुकुन्द प्रसाद शास्त्रीलाई सम्झन्छु । उहाँ हामीलाई पुस्तकले समेटेका भन्दा बाहिरका धेरै कथा, नाटक, कविता, चुड्किला सुनाउनु हुन्थ्यो । यदाकदा आफ्नै पाण्डु रचनाहरु समेत सुनाउनु हुन्थ्यो । विदेशी कथाहरु खासगरी शेक्सपियरका नाटकहरुको नेपाली रुपान्तर रोचक ढंगले सुनाउनुहुन्थ्यो । विद्यालयस्तरको नेपाली अनि साहित्यप्रतिको यो रुची अनि त्यसपछि “किसान पुस्तकालय” जहाँ मैले लियो टोल्सटोय, म्याक्सिम गोर्की, लुसुन, सञ्चय थापा, मोदनाथ प्रश्रित, पारिजातका पुस्तकहरुको अध्ययन गर्ने अवसर पाएँ, मलाई प्रभाव पारेको म ठान्दछु ।

साहित्यले खान लाउन दिदैन भन्नेहरुको एक जमात । साहित्य त सुन्दर, शिल्पी अनि मिठासयुक्त हुनुपर्छ भन्ने अर्को जमात र साहित्यले जनताको आवाज उठाउनु पर्छ भन्ने जमातको उपस्थितिको यथार्थ ज्ञानले ममा साहित्य काल्पनिकतालाई स्वीकार गर्दै जनजिविकाको सम्यक् परिवर्तनका लागि सामाजिक चित्रण हो भन्ने लाग्दै गयो । कविताका हकमा छोटो प्रविधि र धेरै कल्पनाशिलता भन्ने बुझेको छु । “कविताले भात खान दिदैन तर भात खोज्न सिकाउ“छ” भन्ने धेरै कविहरुको यथार्थ अभिव्यक्ति प्रति मेरो स्वीकार्य भाव छ ।

यो संग्रह मेरा केही प्रकाशित र अधिकांश अप्रकाशित कविताहरुको संग्रह हो ।
– हिमलाल श्रेष्ठ
yugin kavita

Customer Reviews

Add a comment

*
Rate this by clicking a star below:

*
*