shekhar dhungel
View Gallery

क्षितिजपारिका सपनाहरू

Published Date: April 1, 2013

Available in

$2.99

Nepali
9781927774014

Description

नेपाली साहित्याकाशको दूर क्षितिजको पिलपिलाउँदो प्रकाशमा देखिने सूक्ष्म कणको आभासस्वरूप पाठकमाझ प्रेषित छ— क्षितिजपारिका सपनाहरू । निरन्तरता दिनै पर्ने अनिवार्य नियतिलाई पछ्याउँदै जीवनका उकालीओरालीमा देखे–भोगेका सामाजिक परिवेश र सीधा–घुमाउरा अनुभवहरूलाई शब्दमा उतारेर कथाको नाम दिने धृष्टता गरेको छु ।

जति टाढा भयो त्यति आफू हुर्केको माटोको माया र आफन्तको सम्झना बढ्दो रहेछ । अझ दार्शनिक चाणक्यको भनाइ “अरूको भरमा बाँच्नुजस्तो ठूलो पीडा अर्को केही हुन्न” सम्झँदा मातृभूमिबाट विदेशिने प्रत्येकले यसको यथार्थ अनुभव गरेको हुनुपर्छ । मानिसले जीवनलाई आफूअनुकूल बनाउन के मात्र गर्दैन ? पहिले त राम्रै सोच्छ, पार नलागेपछि व्यक्ति, समाज र देशलाई नै तिलाञ्जली दिन, नैतिकताका पर्खाल भत्काउन हिचकिचाउँदैन । यिनै सामाजिक परिवेशका व्यथाले मेरो पहिलो कथासङ्ग्रहको रूप पाएका छन् । विश्वास छ— मेरो दुस्साहसलाई साहित्यानुरागी विज्ञ पाठकहरूले मनन गर्दै यसमा रहेका अल्पता र अपूर्णताप्रति सल्लाह र सुझाव दिएर प्रोत्साहित गर्नु हुनेछ । – शेखर ढुङ्गेल

shekhar dhungel

Customer Reviews

Add a comment

*
Rate this by clicking a star below:

*
*